Logo

ट्रम्पले हारलाई उल्टाउने सम्भावना लगभग समाप्त



एजेन्सी, ६ मंसिर । अमेरिकी चुनावको औपचारिक घोषणा अझै भएको छैन । पराजित भनिएका बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः मतगणनाको निवेदन दिनुका साथै अदालतमा पुगेपछि अन्यौल बढेको हो ।

तर, ट्रम्पले दिएको पुनः मतगणनाको परिणामले कुनै फरक अवस्था ल्याएन । जर्जिया राज्यमा उनी झीनो मतान्तरले पराजित भए । मिचिगन राज्यमा पनि ट्रम्पको पक्षमा कुनै सुनुवाई भएन । जोय वाइडेनको जीतलाई उल्टाउने गरी कुनै कदम नचालिने त्यहाँका सांसदहरुले जनाएका छन् । योसँगै ट्रम्पको चुनावी परिणाम उल्टाउने प्रयास लगभग समाप्त भएको छ ।

जर्जिया, मिचिगनलगायतका राज्यहरुमा ट्रम्प झीनो अन्तरले पराजित भएपछि पुनः राष्ट्रपति निर्वाचित हुने सम्भावना देखिदैन । तैपनि उनले हार स्वीकारेका छैनन् । अब डेढ महिनामात्र उनी राष्ट्रपति रहनेछन् ।



प्रतिक्रिया दिनुहोस्