Logo

शान्तिवाटिकामा पद्मरत्न तुलाधारको शालिक अनावरण (फोटोफिचर)



काठमाडौं, ६ मंसिर । राष्टिय विभूति तथा नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाः तथा प्रजातान्त्रिक आन्दोलनका नेता, शान्ति प्रक्रियाका सूत्रधार एवम् मानवअधिकार आन्दोलनका अगुवा पद्मरत्न तुलाधारको आज शालिक अनावरण गरिएको छ । काठमाडौं महानगरपालिकाले आज एक कार्यक्रमको आयोजना गरि काठमाडौंको रत्नपार्कमा तुलाधारको शालिक गरिएको हो । उक्त कार्यक्रममा शहरीविकासमन्त्री कृष्णगोपाल श्रेष्ठ, राज्यमन्त्री रामविर मानन्धर, कामनपाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गीलगायतको उपस्थिति रहेको थियो ।

तस्विर : मुकुन्द कालिकोटे/ReportersNepal



प्रतिक्रिया दिनुहोस्