Logo

‘कोभिड-१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका’ बारे कार्यशाला सञ्चालन



काठमाडौं, ६ मंसिर । ‘कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका’ सम्बन्धमा आज काठमाडौंको याक एण्ड यति होटलमाअन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै राष्टियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सांसदहरुले कोडिभ-१९ नियन्त्रणको लागि आफूलाई सक्रिय बनाउनुपर्ने र यतिवेला जनताको घरआँगनमा पुग्नुपर्ने आवश्यकत्ता औंल्याएका छन् । उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संयोजन राष्टिय सभा र प्राविधिक सहयोग भने विश्व स्वास्थ्य संगठनले गरेको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्