Logo

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलः दोस्रोे टर्मिनलका लागि टेन्डरको तयारी



काठमाडौं, मंसिर ७ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको क्षमता विस्तारका लागि टेन्डर प्रक्रियामा जाने तयारी गरेको छ ।

एशियाली विकास बैंक ९एडीबी०ले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको क्षमता विस्तारका लागि थप १८ अर्ब ऋण स्वीकृत गरेपछि प्राधिकरणले सो तयारी थालेको हो ।

बैंकको बोर्ड बैठकले केही समयअघि नेपालका मुख्य विमानस्थलको स्तरोन्नतिका लागि १५ करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको थियो ।यो रकमबाट मूल रूपमा भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवनलगायत काम र त्रिभुवन विमानस्थलको समानान्तर ट्याक्सी वेको निर्माण, एप्रोन तथा पार्किङजस्ता पूर्वाधार निर्माण गरिने छ ।

‘त्रिभुवन विमानस्थल र गौतमबुद्धको मास्टर प्लानअनुसार नै यी काम हुनेछन् ।एडीबीको ऋण सहयोगमा यसअघि पनि त्रिभुवन विमानस्थलमा रनवे रि≈याबिलेटेशनदेखि धावनमार्ग विस्तारलगायत काम सम्पन्न गरिएको थियो ।

भैरहवामा दोस्रो चरणको कामअन्तर्गत सो ऋणबाट एरोब्रिजसहितको दोस्रो टर्मिनल भवनका साथै समानान्तर ट्याक्सी वे, पार्किङ वेलगायत भौतिक संरचनाहरू निर्माण गरिने क्यानका महानिर्देशक राजन पोखरेलले बताए ।

प्राधिकरणका अनुसार अहिले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको दोस्रो टर्मिलन भवन निर्माणका लागि डिजाइनको काम भइरहेको छ । यी सबै पूर्वाधार सम्पन्न गर्न करीब १० अर्ब रुपैयाँसम्मको लागत लाग्ने अनुमान छ ।

पहिलो चरणको भौतिक निर्माणका लागि पनि एडीबीले नै ऋण उपलब्ध गराएको थियो । यसको निर्माण कार्य सन् २०२० को अन्त्यसम्म सक्ने गरी काम भइरहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्