वीरगञ्ज, मंसिर ७। कोरोना माहामारी नियन्त्रणका लागि लगाइएको बन्दाबन्दी र निषेधाज्ञा हटेपछि आयातनिर्यात कारोबारमा सुधार आएको छ । वैदेशिक व्यापार बढेसँगै वीरगञ्ज भन्सारले चालू आर्थिक वर्ष २०७७र७८ को कात्तिक महीनामा तोकिएको राजस्वको लक्ष्य पूरा गरेको छ ।
आयातनिर्यात परिमाणका आधारमा मुख्य नाकाको वीरगञ्ज भन्सारले कात्तिक महीनाका लागि साढे १० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य पाएको थियो । यो १ महीनामा १३ अर्ब ८९ करोड रुपैयाँ संकलन गरेको छ । यो रकम लक्ष्यको तुलनामा ३२ प्रतिशत बढी भएको भन्सार अधिकृत रमेश सुकमनीले जानकारी दिए ।
पेट्रोलियम पदार्थ र गाडी आयातमा सुधार आएकाले कात्तिकमा राजस्व पनि बढेको भन्सार अधिकृत सुकमनीले बताए । ‘पेट्रोलियम र गाडीको आयात अघिल्लो वर्षको समीक्षा अवधिको तुलनामा ऋणात्मक भए पनि कात्तिकमा केही सुधार देखिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।