Logo

राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ सर्वसाधारणलाई खुला



काठमाडौं, मंसिर ७ । ऐतिहासिक नारायणहिटी दरबार संग्राहलयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणका लागि खुला भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शनिबार औपचारिक रूपमा अवलोकनका लागि खुला भएको जानकारी गराएसँगै आइतबारबाट ‘श्री सदन’ सर्वसाधारणका लागि खुला हुनेछ ।

शनिबारबाट खुला भएको औपचारिक घोषणा गर्दै पर्यटनमन्त्री भट्टराईले अब यस दरबारको इतिहासलाई आजीवन संरक्षण गर्नुपर्ने बताए ।

उनले इतिहासलाई जीवित राख्न सके मात्रै देश र समाजको विकासक्रमका विषयमा अध्ययन अनुसन्धान गर्न सूचना प्राप्त गर्न सकिने बताए । राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्