Logo

सिपी गजुरेलको दाबी : ओली र प्रचण्डले नेकपा फुटको घोषणा गर्दैनन्, उनीहरु विचौलियाको घेराबन्दीमा छन् (भिडिओसहित)



काठमाडौं, ७ मंसिर । नेकपा (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता सिपी गजुरेलले सत्तारूढ नेकपाभित्रको विवादलाई लिएर कडा टिप्पणी गरेका छन् । अहिले सत्तारुढ नेकपाभित्र जे÷जस्ता विवाद देखिएपनि नेताहरुले आधिकारिक रुपमा पार्टी फुटको घोषणा नगर्ने जिकिर गरे । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलसाँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले नेकपाभित्र देखिएका विवाद अझै चर्किने दाबी गरे । उनले भने,‘ओली र दाहालले पार्टी फुटको घोषणा गर्नुहुन्न । पहिलो कुरा यो एकता भयो, यो अप्राकृतिक खालको एकता हो । स्वार्थमा आधारित एकता हो । आफ्नो स्वार्थ पूरा नहुनेबित्तिकै अर्को पक्षमाथि आरोप लगाउने हो । त्यो क्रम सुरु भयो । दोस्रो कारण के हो भने पार्टी बनेको छ, सरकार निर्माण भएको छ, यो बनाउन विभिन्न पक्षले भूमिका खेलेका छन् । ओलीजीलाई कसरी सरकारमा पुर्याए ? विदेशी शक्तिकेन्द्र हुन् । विचौलियाहरु हुन् । यो सरकारबाट ईच्छा पूरा नहुञ्जेलसम्म तिनीहरुले पार्टी फुट्नै दिँदैनन् । स्वार्थ समूहरुले घेराबन्दी गरेका छन् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot