Logo

यौन दुव्र्यवहार गर्ने पक्राउ



ओखलढुंगा, ७ मंसिर । युवतीलाई यौन दुव्र्यवहार गरेको अभियोगमा २६ वर्षीय एक पुरुष पक्राउ परेका छन् । २१ वर्षीया युवतीलाई यौन दुव्र्यवहार गरेको अभियोगमा मोलुङ–८ रागाँदिपस्थित नेपाल टेलिकमको टावर निर्माणमा कार्यरत सुनसरी इनरुवा घर भएका अशोक मेहतालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

मेहताले ती युवतीलाई बिहीबार साँझ यौन दुव्र्यवहार गर्नुका साथै जबरजस्ती करणी उद्योग समेत गरेका थिए । ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot