Logo

हातहतियार सहित एक जना पक्राउ



मोरङ, ७ मंसिर । विभिन्न हातहतियार सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उर्लावारी नगरपालिका–६ रमाइलो टोलबाट ताप्लेजुङ फाम्वाङ्लुङ गाउँपालिका–२ का पेम्वा साङ्गे शेर्पा १ थान पेस्तोल, ३ राउण्ड गोली र १ थान म्याग्जिन सहित शनिबार साँझ पक्राउ परेका हुन् ।

गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा शेर्पाले झोलाभित्र लुकाइ राखेको अवस्थामा उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्