Logo

पाँच वर्षीया बालिका बलात्कृत, युवक पक्राउ



पर्सा, ७ मंसिर । बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । ५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा बिन्दवासिनी गाउँपालिका–४ अमरपट्टीका उमेश ठाकुरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ती बालिकालाई ललाई फकाई बुधबार साँझ जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी अमरपट्टी र ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले ठाकुरलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्