Logo

वरुण धवनको ‘कुली न.१’ सिगंल स्क्रिन सिनेमाघरमा रिलिज हुने



एजेन्सी, ७ मंसिर । बलिउड अभिनेता वरुण धवनको ‘कुली न. १’ फिल्मलाई उनकै पिता डेविड धवनले निर्देशित गरेका छन् । डेविडले यसै नामबाट १९९५ मा मा गोविन्दा र करिश्मा कपुरलाई लिएर फिल्म बनाएका थिए । अब यो फिल्मको रिमेक पनि उनैले बनाउने भएका छन् । डेविडले सधै आम दर्शकलाई ध्यानमा राखेर फिल्म बनाउने गर्छन् । ताकी दर्शकहरु आफ्नो दुःख भुलेर मनोरन्जनको दुनियाँमा हराउन सकुन् ।

कुली न. १ फिल्मलाई अमेजन प्राइम भिडियोलाई जिम्मा दिइएको छ । आगामी केही दिनमा यो फिल्म सिधै घरबाट हेर्ने मौका मिल्ने छ । यस निर्णयबाट फिल्मका निर्देशक डेविड धवन खुशी छैनन् । उनी आफ्नो फिल्मलाई सिनेमाघरमा नै रिलिज गर्न चाहान्थे । डेविडले आफ्नो फिल्म ओटीटी प्लेटफर्मको साथै सिनेमाघरमा पनि एकैसाथ रिलिज गरेर धेरै भन्दा धेरै दर्शकसामु पु¥याउने उद्देश्य राखेका थिए । तर, अझै पनि उनी प्रयासरत छन् ।

मल्टीप्लेक्सले यदि कुनै फिल्म सिधै ओटीटी प्लेटफर्ममा रिलिज गरेमा सिनेमाघरमा फिल्मको प्रदर्शन नगर्ने फैसला गरेको छ । मल्टीप्लेक्समा फिल्म हेर्नलाई धेरै दर्शकसँग ओटीटी प्लेटफर्मको सुविधा छ, तर सिंगल स्क्रिनमा सिनेमाघरको जस्तो सुविधा छैन् । यस्तो सुविधा धेरै दर्शकहरुसँग छैन् । दर्शकहरु फिल्म हेर्नलाई सिनेमाघरमा नै आउने गर्छन् । निर्माताहरुले ओटीटीसँगै सिंगल स्क्रिनमा पनि रिलिज गर्ने कोशिशमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot