![](https://reportersnepal.com/wp-content/uploads/2020/11/priyanka_chopra-1_6530466_835x547-m-768x503.jpg)
एजेन्सी, ७ मंसिर । बलिउड अभिनेत्री प्रियंका चोपडा सुटिङमा निस्किएकी छिन् । कोरोना भाइरसको कारण लामो समयदेखि बन्द भएका फिल्म सुटिङका कामहरु धमाधम सुरु भएका छन् । यसै क्रममा पुर्व मिस वोर्ल्ड प्रियंका चोपडा पनि मुखमा मास्क लगाएर सुटिङस्थलमा पुगेकी छिन् । पोल्का डट्स भएको मास्क लगाएको तस्वीर सामाजिक सञ्जालमा प्रियंका आफैले सेयर गरेकी हुन् ।
प्रियंकाले सामाजिक सञ्जालमा तस्वीर बिहानको समयमा राख्दै क्याप्सनमा लेखेकी छिन्, ‘लामो समयपछि बिहान–बिहान काममा व्यस्त ।’ प्रियंकाले ट्विटमा फिल्म वी कैन बी हिरोजको टिजर भिडियो सेयर गर्दै क्याप्सनमा यो फिल्मको सुटिङको क्रममा धेरै रमाइलो भएको र निर्देशक रार्बट र सुपर किड्ससँग काम गर्दा धेरै मजा आएको पनि बताएकी छिन् । हाल अभिनेत्री प्रियंका लन्डनमा बसिरहेकी छिन् ।