Logo

बालुवाटार जग्गा प्रकरणमा नेपाल र भट्टराईविरुद्धको मुद्दामा के होला ?



काठमाडौं, ७ मंसिर । बालुवाटार जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पनि जोड्ने प्रयास नभएको होइन । तत्कालिन उपप्रधानमन्त्री विजयकुमार गच्छेदार, मन्त्रीहरु छविराज पन्त, चन्द्रदेव जोशीका अलावा उच्च सरकारी अधिकारीहरु यो घटनामा मुछिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा समेत दायर गरेको छ । तर, नेपाल र भट्टराई तानिएनन् ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले उनीहरुलाई पनि बालुवाटार जग्गा प्रकरणमा तान्नुपर्ने भन्दै गत वर्षको २९ माघमा रिट दायर गरे । आज उक्त रिटको पेशी चढेको छ । यसलाई न्यायाधीशहरु आनन्दमोहन भट्टराई र मनोजकुमार शर्माको इजलासमा राखिएको छ । यो रिट पेशीमा चढेपछि चासो बढेको छ ।

नेकपाभित्र विवाद बढिरहेको र प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ नदिएर वरिष्ठ नेता माधवकुमार नेपाल विरोधी मोर्चाका कडा रुपमा उभिएको बेला पेशी चढेपछि तरंग आएको छ ।



प्रतिक्रिया दिनुहोस्