Logo

ओली सरकारसँग सम्झौता नगर्न सचेत गराउँदै प्रदीप पौडेलले भनेः पाँच वर्ष प्रतिपक्षमा रहन्छौं



काठमाडौं, ७ मंसिर । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग सम्झौता नगर्न पार्टी नेतृत्वलाई सचेत गराएका छन् । उनले ओली सरकारलाई इतिहासकै असफल भन्दै कुनै सम्झौता नगर्न आग्रह गरेका हुन् ।

आज सामाजिक सञ्जालमार्फत् नेता पौडेलले काँग्रेस पाँच वर्ष प्रतिपक्षमै रहने बताए । उनले काँग्रेस एउटा व्यक्ति नभएको र लाखौं सहिदको बलिदानले बनेको संस्था भन्दै सभापति शेरबहादुर देउवाको नाम नलिई सम्झौता नगर्न सचेत गराएका हुन् ।

नेता प्रदीप पौडेलले लेखेका छन्ः हामीले बारम्बार ओली प्रवृतिलाई इन्कार गरेका छौं।केन्द्रिय समितिले ओलि सरकारले वैद्यता गुमाईसकेको निणर्य गरिसकेको छ।जन नजरमा ईतिहासकै असफल ओली सरकारसॅग सम्झौता नगरियोस्।हेक्का रहोस् कांग्रेस एउटा ब्यक्ति होईन लाखौं सहिदको बलिदानले बनेको संस्था हो।पॅाच बर्ष हामी प्रतिपक्षमा रहन्छौ।



प्रतिक्रिया दिनुहोस्

Screenshot