काठमाडौं, मंसिर ८ । प्रधानमन्त्री एवं रक्षा मन्त्री केपी शर्मा ओलीले मुलुकको समसामयिक सुरक्षा अवस्था तथा प्रबन्धका विषयमा राज्यका चारवटै सुरक्षा निकायका प्रमुखसँग आइतबार छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधान सेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी सहभागी रहेका थिए।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीको सुरक्षा निकायका प्रमुखसँगको भेटघाट तथा छलफल नियमित कार्य हो । ‘‘देशको समसामयिक विषय, सुरक्षा प्रबन्धका बारेमा प्रधानमन्त्रीले जानकारी लिनुभएको हो,’’ उनले बताए ।
प्रधानमन्त्री ओलीलाई सुरक्षा प्रमुखले मुलुकको शान्ति सुरक्षाबारे जानकारी गराएको आजको गोरखापत्र दैनिकले उल्लेख गरेको छ ।