Logo

प्रधानमन्त्री ओली टिपताला भञ्ज्याङ निरीक्षण गर्न ताप्लेजुङ जादै



काठमाडौं, मंसिर ८ । प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको तिब्बत र नेपालबीच सीमा क्षेत्र निरीक्षण गर्न ताप्लेजुङ जाने कार्यक्रम रहेको छ ।

ताप्लेजुङको उत्तरतर्फ रहेको नेपाल र तिब्बत सीमा क्षेत्र निरीक्षण तथा फक्ताङ्लुङ गाउँपालिका वडा नं ६ लेलेपको घुन्सामा निर्माण गरिएको सामुदायिक स्वास्थ्य एकाइ कार्यालयको उद्घाटन गर्न प्रधानमन्त्री त्यसतर्फ जानलागेको जनाईएको छ ।

प्रधानमन्त्री ओलीले दुई देशको सिमाना टिपताला भञ्ज्याङ क्षेत्रकोसमेत हेलिकप्टर मार्फत निरीक्षण गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot