Logo

लिसेस्टर सिटीमाथि लिभरपुलको जीत



एजेन्सी, ८ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लिसेस्टर सिटीमाथि महत्वपूर्ण जीत हासिल गरेको छ । गएराति भएको खेलमा लिभरपुलले लिसेस्टरमाथि ३-० को जीत हासिल गरेको हो ।

लिभरपुलले पहिलो गोल लिसेस्टरका इभान्सले आफ्नै पोष्टमा बल छिराउँदा भएको हो । दोस्रो गोल जोटा र तेस्रो फरमिनोले गरे ।

जीतसँगै लिभरपुल समान अंकसाथ लिग तालिकाको दोस्रो स्थानमा रहेको छ । लिसेस्टर चौंथो स्थानमा झरेको छ ।

यसैगरी, गएराति सम्पन्न खेलमा इभर्टनले फुलहाममाथि ३-२ को कठिन जित निकालेको छ । वेस्ट हामले सेफर्ड युनाइटेडमाथि १-० को जित हासिल गरेको छ । आर्सनल भने लिड्ससँग गोलरहित बराबरीपछि अंक बाँड्न वाध्य भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot