Logo

भारतमा तीन महिनापछि तीन सय भारुमै कोरोनाविरुद्धको भ्याक्सिन



एजेन्सी, ८ मंसिर । भारतमा तीन महिनापछि कोरोना भाइरसविरुद्धको भ्याक्सिन प्रयोगमा ल्याइने भएको छ । अक्सफोर्ड भ्याक्सिन सन् २०२१ को फेब्रुअरी महिनाभित्र उपलब्ध हुने जनाइएको हो ।

टाइम्स अफ इन्डियाका अनुसार अक्सफोर्ड भ्याक्सिन ७० लाख स्वास्थ्यकर्मी र कोरोनाविरुद्ध अग्रपंक्तिमा रहेर काम गरिरहेका दुई करोड मानिसहरुलाई शुरुमा दिइनेछ । भारत सरकारले आधा मूल्यमा भ्याक्सिन उपलब्ध गराउने जनाइएको छ । सेरम कम्पनिले उत्पादन गर्ने अक्सफोर्ड भ्याक्सिनको अधिकतम मूल्य छ सय भारु पर्नेमा स्वास्थ्यकर्मी र अग्रपंक्तिका कोरोनाविरुद्धका सक्रियहरुलाई आधा मूल्यमा उपलब्ध हुनेछ ।

भारतले उमेर समूह र कामको प्रकृति हेरेर भ्याक्सिन पाउनेलाई प्राथमिकतामा राख्ने जनाइएको छ । पहिलो प्राथमिकतामा वृद्धवृद्धा पर्नेछन् ।

भारतको सेरम कम्पनिले अक्सफोर्ड भ्याक्सिन उत्पादनको अनुमति पाएको छ । भारत आफैले पनि भ्याक्सिनको विकास गरिरहेको छ । उसले आफ्नो भ्याक्सिनको तेस्रो चरणको परीक्षण गरिहेको छ । जुन सन् २०२१ को मध्यसम्ममा प्रयोगमा ल्याउने लक्ष्य लिइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot