काठमाडौं, ८ मंसिर । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आज संघीय संसद सचिवालय सिंहदरवारमा समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य स्याङ्जाका मोहन प्रसाद पाण्डेलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । सपथ भवन नम्बर १ को सार्वजनिक लेखा समितिको हलमा भएको थियो । कांग्रेस सांसद सूर्यबहादुर केसीको निधनपश्चात रिक्त पदमा पाण्डेलाई समानुपातिक प्रणालीमार्फत चयन गरिएको थियो ।
तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम