Logo

बारुदजन्य पदार्थ सहित ६ जना पक्राउ



लमजुङ, ८ मंसिर । बारुदजन्य पदार्थ सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । दोर्दी गाउँपालिका–८ खिंचोक पास्वाराबाट रोल्पा गंगादेव गाउँपालिका–२ बस्ने ४२ वर्षीय जंग बहादुर भण्डारी लगायत ६ जना करिब ५ सय ग्राम बारुदजन्य पदार्थ, ५ सय ग्राम गन्धक र छर्रा लगायतका सामग्री सहित आइतबार राति पक्राउ परेका हुन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले दोर्दी गाउँपालिका–८ खिंचोक पास्वारा बस्ने मंगल तामाङको घरमा लुकिछिपी बसेको अवस्थामा उनीहरुलाई उक्त बारुदजन्य पदार्थ र सामग्री सहित पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्