Logo

नेकपाभित्रको किचलोमा कांग्रेसको कुनै सरोकार छैन् : सिंह



काठमाडौं, ८ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंंहले जनताले अहिले कांग्रेसलाई प्रतिपक्षमा बस्ने र नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले आफुहरु विपक्षीकै भूमिकामा रहने बताएका छन् । नेकपाभित्रको किचलोमा कांग्रेसको कुनै सरोकार नरहने भन्दै कांग्रेसलाई जोडेर अनावश्यक हल्ला नचलाउन र हल्लाको पछि नलाग्न समेत सिंहले आग्रह गरे ।

सोमबार सत्य साई बाबाको ९५ओै अवतरण दिवसको अवसमा शंखमूलमा आयोजित सत्य साई बाबा पार्कको उदघाटन गर्दै नेता सिंहले झन्डै दुईतिहाई महुमत पाएको सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताए । महनिौंदेखि आन्तरिक कलह र कुर्सीको खेलमा लागेकाले महामारकिा बेलामा सरकार जनताको समस्यासँग बेखबर रहेको उनको भनाई थियो । सरकारले गर्नु पर्ने काम केही नगरि संघियताको मर्म र भावना बिपरित काम गरिरहेको पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्