विलियम मेडकाफ ब्रिटेनका एक पुराना मेकानिक हुन् । हाल उनी एउटा राम्रो कामको कारण एकाएक चर्चित भएका छन् । जुन कुरा पत्याउनै गाह्रो हुन्छ । वास्तवमा उनी करीब ८७ सय रुपैयाँको पाटपुर्जा बदल्नलाई २४ हजार किमीको यात्रा गरेर पुगेका हुन् । बिल क्लेडर्टलाई सेवा दिनकै लागि मेडकाफले लन्डनबाट मंगोलियाको लागि उडान भरेका हुन् ।
उनले आफ्नो कामको सिलसिलामा साउथ कोरिया हुँदै ७ घन्टाको हवाई यात्रा गरेका हुन् । उनले दक्षिण कोरियाको फ्लाइटमा गए र त्यहाँबाट मंगोलियाको राजधानीको लागि आधी रातमा दोस्रो फ्लाइट समाते । उनी अधेरोमा नै मंगोलियाको सडकमा पुगे र गोबी मरुस्थानमा ४८० किमीको यात्रा गरेर टाढाका इलाकामा बनकोे बिलको क्याम्पमा पुगेका थिए ।
बिल क्लेडर्ट कस्टरसँग पेरिस मोटरिंग रैलीमा चिनजान भएको थियो, त्यो समयमा १९२४ मा बेन्टको स्पोर्ट्स कारमा बेयरिंग फेल भएको थियो । त्यो कार मर्मतको लागि मेडकाफ नै एकमात्र आशा थिए । हाल पनि ८५ सय मीलको यात्रामा उनी ८७ सय रुपैयाँको पार्ट समातेर एयरपोर्ट पुगेका थिए ।
मेडकाफ लामो यात्रापछि पुगेर सजिलै कारलाई १० मिनेटमा नयाँ पार्ट फेरिदिए । मेडकाफको यो कामलाई जो कसैले प्रशंसा गरेर थाक्दैनन् । उनले एक र्यार्लीको आयोजना पनि गरेका थिए । र्यार्लीमा सहभागी भएका कारहरु १०० वर्ष भन्दा पुराना थिए । एजेन्सी