काठमाडौं, ८ मंसिर । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नवनिर्वाचित अध्यक्ष विवेक दुगडले बीमा समितिका अध्यक्षसमक्ष सपथ ग्रहण गरेका छन् ।
गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मंसिर ४ गते सम्पन्न दशौं वार्षिक साधारण सभा सम्पन्न भएपश्चात सोहि मितिमा बसेको नव निर्वाचित संचालक समितिकोे १६२ औं बैठकले दुगड सर्वसम्मतिबाट संचालक समितिको अध्यक्षमा चयन भएका थिए ।
दुगड़ले बीमा समितिले जारी गरेको बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिक २०७५ को दफा ३ को उपदफा (४) बमोजिम आज विहान बीमा समितिमा उपस्थित् भई एक कार्यक्रमका बीच बीमा समितिका अध्यक्ष चिरंजीवी चापागाइँसमक्ष बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिक २०७५ को दफा ३ को उपदफा (४) सँग सम्बन्धित अनुसूची १ बमोजिम पद तथा गोपनीयताकोे सपथ लिएका थिए ।
सो सपथ ग्रहण समारोहमा बीमा समितिका कार्यकारी निर्देशक श्री राजु रमण पौडेल र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई को समेत उपस्थिति रहेको थियो ।