Logo

नेपाल मेडिसिटी अस्पताल र ललितपुर चेम्बर अफ कमर्शबीच सम्झौता



काठमाडौं, ८ मंसिर । ललितपुरस्थित् नेपाल मेडिसिटी अस्पताल र ललितपुर चेम्बर अफ कमर्शबीच सोमबार सम्झौता भएको छ । सम्झौताअनुसार नेपाल मेडिसिटी अस्पतालको सेवामा ललितपुर चेम्बर अफ कमर्शका सदस्य एवं कर्मचारीहरुले विशेष सहुलियत तथा उपचारमा विशेष सुविधा प्राप्त गर्ने भएका छन् ।

अस्पतालका महाप्रबन्धक विजय रिमाल तथा ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्यले सम्झौता पत्रमा हस्ताक्षर गरेसंगै सम्झौता कार्यान्वयनमा आउने भएको हो । अस्पतालका महाप्रबन्धक रिमालले राष्ट्रकै पहिलो अन्तराष्ट्रिय मान्यता प्राप्त नेपाल मेडिसिटी अस्पतालले ललितपुर क्षेत्रलाई सधै प्राथमिकतामा राखेको बताएका छन् ।

आर्थिक क्षेत्रमा क्रियाशील संस्था र व्यक्तिहरुको थप साथ र हौसला प्राप्त गर्ने उद्धेश्यका साथ सम्झौता कार्यक्रममा सहभागी हुन पाएकोमा उनले खुशी व्यक्त गरे । त्यस्तै, ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्यले नेपाल मेडिसिटी अस्पतालले गुणस्तर अन्तर्राष्ट्रियस्तरको उपचार प्रदान गर्दै आएको र स्वदेशी अस्पताललाई साथ दिन यस सम्झौता गरेको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot