Logo

कैलाश हेलिकप्टर सम्मानित, बत्तिसपुतली क्षेत्रमा सबैभन्दा बढि आयकर तिर्ने कम्पनी बन्यो



काठमाडौं, ८ मंसिर । कैलाश हेलिकोप्टर सम्मानित भएको छ । काठमाडौंको बत्तीस पुतली क्षेत्रमा रहेका उद्योग व्यवसायमध्ये आर्थिक वर्षमा कम्पनीले धेरै आयकर तिरेवापत आज सम्मानित भएको हो । कैलाशलाई आन्तरिक राजस्व कार्यालय बत्तिसपुतली कार्यालयले आज सोमबार सम्मान गरेको हो ।

https://www.facebook.com/khsheli/posts/985791065246559

कार्यालयका प्रमुख कर अधिकृत मित्रलाल अधिकारीले कम्पनीका प्रवन्ध निर्देशक प्रतापजंग पाण्डेलाई दोसल्ला ओढाएर सम्मान गरे। यो कम्पनी तीन वर्ष अघि स्थापना भएको हो। कम्पनीसँग फ्रान्समा निर्मित एयरबस एच १२५ तीन वटा हेलिकोप्टर छ। प्रतिष्ठित व्यवसायिक समूहबाट प्रवर्द्धित कम्पनी रहेकोले छोटो समयमै कम्पनीले सफलता हात पारेको छ।



प्रतिक्रिया दिनुहोस्