काठमाडौं, मंसिर ९ । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले यही मंसिर ११–१२ मा नेपालको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको छ । विदेश सचिव श्रृंगलाले कार्यभार सम्हालेपश्चात् नेपालका लागि उनको यो पहिलो भ्रमण हो ।
भ्रमण नेपाल–भारत सम्बन्धको प्राथमिकता र दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको निरन्तरताअनुरुप रहेको बताइएको छ ।
भ्रमणका क्रममा विदेश सचिवले आफ्ना समकक्षी र अन्य विशिष्ट नेपाली अधिकारीहरुलाई भेटेर दुई देशबीच विस्तृत द्विपक्षीय सहयोगका बारेमा छलफल गर्नुहुने कार्यक्रम छ ।