Logo

बर्दिबासमा सुरक्षाकर्मीको गोली लागि घाइते न्यौपानेको मृत्यु



महोत्तरी, मंसिर १० । बर्दिबासमा प्रर्दशन रोक्न सुरक्षाकर्मीले चलाएको गोली लागेर मंगलबार घाइते मध्ये एक जनाको मृत्यु भएको छ। तिख्रामा गोली लागि घाईते भएका बर्दिबासका बुद्धिराज न्यौपानेको आज बिहान मृत्यु भएको छ । न्यौपानेको काठमाडौं स्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरीके गोली प्रहारबाट घाइते उनको बर्दिबासस्थित पिनाकल हस्पिटलमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौंको ग्राण्डी अस्पताल ल्याईएको थियो ।

प्रर्दनमा तीन जना घाइते भएका थिए । घाईतेमध्ये श्याम कार्कीको काठमाडौंमै उपचार भइरहेको छ भने प्रदर्शनमा टाउको फुटेका अफताम आलमको बर्दिबासमै उपचार चलिरहेको छ ।

बर्दिबास १४ की ६ वर्षीय बालिका गुलाब शाह खातुनको बलात्कारपछि निर्मम हत्या गर्ने दोषीलाई कडा कारवाहीको माग गर्दै मंगलबार बर्दिबासमा भएको प्रदर्शन रोक्न सुरक्षाकर्मीले गोली चलाएको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot