Logo

श्रीमान्ले जर्बजस्ती करणी गरेको भन्दै श्रीमतीद्वारा उजुरी, प्रहरीले पक्राउ गर्यो



बर्दिया, १० मंसिर । श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी नगरपालिका–९ माछागढका ४४ वर्षीय पुरुषलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ती पुरुषले ४१ वर्षीया श्रीमतीलाई कुटपिट समेत गरी जबरजस्ती करणी गरेको उजुरी परेको थियो। उनलाई ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्