Logo

पेस्तोल र गोली सहित सिंह पक्राउ



पर्सा, १० मंसिर । पेस्तोल र गोली सहित एक पुरुष पक्राउ परेका छन् । वीरगंज बस्ने सर्लाही घर भएका ४९ वर्षीय जितेन्द्र प्रसाद सिंहलाई १ थान पेस्तोल, ४ राउण्ड गोली, १ थान म्यागजिन र मानिसलाई बेहोस पार्ने ५ सय एमएलको १ बोतलसहित मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

सिंहको घरमा अवैध हात–हतियार लुकाई राखेकोे विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर र बिर्ताबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार सहित फेला पारी पक्राउ गरेको बताएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्