Logo

कोरोनाबाट अहिले सम्मकै सर्वाधिक २८ जनाको मृत्यु



काठमाडौं, १० मंसिर । कोरोना संक्रमणबाट आज थप २८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १३८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित १९ सय ४८ थपिएका छन् । आज ३ हजार १ सय ४० जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख २६ हजार २६ संक्रमित भएपनि २ लाख ७ हजार ९ सय ९८ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने १६ हजार ६ सय ३९ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १६ लाख ९ हजार ५ सय ९ जनाको पिसीआर परिक्षण भएको छ भने  १६ हजार ३ सय ३९ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ६ सय ६९ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्