Logo

२४ घन्टामा उपत्यकामा ८३५ जनामा संक्रमण पुष्टि



काठमाडौं, १० मंसिर । काठमाडौं उपत्यकामा आज एकै दिन ८ सय ३५ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १९ सय ४८ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ८ सय ३५ जना थपिएसँगै जोखिम बढेको छ ।

त्यसैगरी आज २४ घन्टामा ३१४० जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या २ लाख ७ हजार ९ सय ९८  रहेको छ । देशभर कुल संक्रमितको सख्या २ लाख २६ हजार २६ पुगेको छ । आज काठमाडौं उपत्यकामा थपिएका ८ सय ३५ जना मध्ये ३५० महिला र ४८५ पुरुष रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्