काठमाडौं, १० मंसिर । मन्त्रिपरिषदको बैठकले तीनजना सचिवको बढुवा गरेको छ । आज साँझ प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा बसेको बैठकले बढुवाका लागि सिफारिश भएको सचिवहरुको बुढवाको निर्णय गरेको हो ।
बढुवा भएका सचिवहरुमध्ये प्रशासनतर्फ गोकर्णमणि दुवाडी, कृषितर्फ योगेन्द्र कार्की र इन्जिनियरिङतर्फ सुरेश आचार्य छन् ।
यसैगरी, निजामती कर्मचारीको आधिकारिक ट्रेड युनीयनको निर्वाचन तेस्रो पटक स्थगित भएको छ । २७ मंसिरका लागि तोकिएको निर्वाचन स्थगनको निर्णय भएको हो । कोरोना भाइरसको जोखिमको कारण देखाउँदै चुनाव पटक पटक स्थगित हुँदै आएको छ ।