Logo

म्याराडोनाको निधन



एजेन्सी, १० मंसिर । महान फुटबल खेलाडी म्याराडोनाको निधन भएको छ । उनको ६० वर्षको उमेरमा आज निधन भएको हो ।

अर्जेन्टिनाको ब्युनस आयर्समा म्याराडोनाको हृदयघातबाट निधन भएको जनाइएको छ । मस्तिष्कमा रगत जमेपछि तीन हप्ता अघि म्याराडोनाको शल्यक्रिया भएको थियो ।

होचो कदका उचो खेलाडी म्याराडोनाले सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप दिलाउन महत्वपूर्ण भूमिका निभाएका थिए । उनले उक्त विश्वकपमा बेलायतविरुद्ध हातले गरेको गोललाई ऐतिहासिक मानिन्छ । उनले उक्त गोललाई भगवानको हातले गरेको गोल भनेका थिए ।

म्याराडोनाले सन् १९९० को विश्वकपमा अर्जेन्टिनालाई फाइनलमा पुर्याएका थिए । सन् १९९१ मा लागूऔषध सेवन पत्ता लागेपछि म्याराडोना विवादमा आए । ३७ वर्षो उमेरसम्म म्याराडोनाले फुटबलको व्यवसायिक खेल खेलिरहे । उनी अर्जेन्टिनाको राष्ट्रिय टोलीको प्रशिक्षक समेत भए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot