Logo

आज हल्का वर्षा र हिमपातको सम्भावना



काठमाडौं, मंसिर ११ । देशभरको मौसममा पश्चिमी वायुको प्रभाव बढ्दै गएका कारण आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विहिबार वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनाका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च स्थानमा हल्का वर्षाको सम्भावना छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot