Logo

मुटुको समस्या भएपछि पूर्व युवराज पारस चिकित्सकको निगरानीमा



चितवन, ११ मंसिर । पूर्व युवराज पारस चिकित्सकको निगरानीमा छन् । मुटुमा समस्या भएपछि उनलाई चिकित्सकले आराम गर्न सुझाव दिएका छन् ।

चितवनस्थित होटल सेन्ट्रल पाल्ममा बसिरहेका पारसलाई चितवन मेडिकल कलेजका मुटुरोग सम्बन्धी चित्सिकहरुले चेकजाँच गरेका थिए । मुटुरोग विशेषज्ञ डा. श्यामराज रेग्मी नेतृत्वको टोलीले उनलाई आराम गर्न सुझाव दिएो बुझिएको छ । पारसको अवस्था सामान्य रहेको जनाइएको छ ।

पारसको हृदयघात भएपछि विभिन्न परीक्षण गरिएको थियो । आराम गरिरहेका पारसलाई बढी असहज भएमा अस्पताल लाने पूर्वतयारी समेत गरिएको छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्