Logo

कुनै देश कोरोना खोपबाट बञ्चित हुन्छ ?



एजेन्सी, ११ मङसिर । सन् २०२० को सुरुवात देखि विश्वभर फैलिएको कोरोना भाइरसको असर ठूला लगायत साना देशहरुले अत्यधिक मात्रामा भोगिरहेका छन् । विश्व नै कोरोना खोपको प्रतिक्षामा रहेको छ । कोरोना रोकथाम गर्न खोप मात्र प्रभावकारी रहेको कारण यसको प्रतिक्षामा सम्पूर्ण विश्व नै रहेको छ ।

ठूला राष्ट्रहरु छिटो भन्दा छिटो खोप निर्माण गर्ने दौडमा लागिपरेका छन् । कोरोना खोप निर्माण भएपश्चात यसको मूल्य कति पर्ने विषय तत्काल अन्योल वा निर्धारण गरिएको छैन् । यसले साना राष्ट्रहरुलाई चाहिने मात्रामा खोप किन्ने पैसा पुग्छ कि पुग्दैन भन्ने विषय उजागर भएको देखिन्छ । यस्तो महंगो भाइरसको खापले सानो राष्ट्रहरुलाई ठूलो आर्थिक चपेटामा पार्न सक्ने कतिपयले अनुमान लगाइरहेको छ ।

संक्रमणको नियन्त्रण कुनै देशले अहिलेसम्म गर्न सकेको छैन् । नियन्त्रण गर्न नसके उनीहरुले खोप समेसम्म छिटो प्राप्त गर्न सक्ने दौडमा लागिपरेका छन् । विभिन्न देशले निर्माण गरिरहेका कोरोना खोप परिक्षण अन्तिम चरणमा पुगेको छ । रुसद्वारा निर्माण गरिएको स्पुतनीक भीको रुसी सरकारले मूल्य समेत निर्धारण गरिसकेको छ । र, आफ्नो नागरिकका लागि रुसी सरकारले निशुल्क खोप वितरण गर्ने भएको छ ।

त्यसैगरी सन् २०२१ सम्ममा पीफाइजरले १३ विलिअन डोज निर्माण गर्ने भएको जनाइएको छ । त्यसैगरि मोर्डनाले समेत आफ्नो नतिजा साकारात्मक देखेको विषयलाई सार्वजनिक गरेको छ । कोरोना परास्त गर्न विश्वलाई एकजुट हुनु पर्ने छ । एकजुट नभए कोरोना परास्त गर्न निकै कठिन रहेको वैज्ञानिकहरुको भनाई रहेको छ । खोप निर्माता कम्पनीहरुले सक्दो खोपको मूल्य कम गर्ने भएको देखिन्छ । यसले गरिब मुलुकलाई खोप किन्न फाइदा मिल्ने बुझिएको छ ।-Photo; Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot