Logo

कौडा खेलिरहेका १७ जना पक्राउ



नवलपरासी(पूर्व), ११ मंसिर । कौडा खेलिरहेको अवस्थामा १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । मध्यबिन्दु नगरपालिका–८ भागडा बस्ने तिलकराम योगी थारुको घरमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँका सुरेश महतो समेत १७ जना बुधबार राति पक्राउ परेका हुन् ।

उनको घरमा कौडा खेलिरहेको जानकरी आएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४८ हजार २ सय ७० रुपैयाँ, ५ सय भारतीय रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको बताएको छ ‘। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्