Logo

कोरोना बिमावापतको भुक्तानीमा आलटाल, बिमा गरेका संक्रमित झन् मारमा



काठमाडौं, ११ मंसिर । कोरोना बिमा गरेकाहरुमध्ये अधिकांशले संक्रमित भई उपचार गरेपनि बिमा रकम पाउन सकेका छैनन् । पाँच सय तिरे ५० हजार र एक हजार तिरे एक लाख वा सामूहिक गर्दा तीन सय रुपैया तिरेर ५० हजार र छ सय तिरेर एक लाााख कोरोनावापतको पाउने गरी बिमा गरेपनि अधिकांशले रकम नपाएका हुन् ।

संक्रमित भइसकेकाले प्रमाणित कागजात पेश गरेपनि महिनौं बित्दा पनि रकम नपाउनुमा बिमा कम्पनिले रकम दिदै नदिने या दिएपनि पूरा नदिने नियत बुझ्न सकिन्छ । मानिसहरुलाई झुलाएपछि वाक्क लागेर छाडिदिनसक्ने ठानेर पनि यस्तो गरेको हुनसक्ने पीडितले बताएका छन् ।

महिनौंसम्म कोरोना बिमावापतको रकम नपाउनेको संख्या हजारौं छ । विगतमा कोरोना संक्रमितको संख्या कम हुँदा बिमा गरिएपनि अहिले कम्पनिहरुले गर्न मानेका छैनन् ।

कोरोना बिमा वापत्को रकम शुरुमा जुन मापदण्ड अनुसार दिइन्थ्यो अहिले त्यसमा संशोधन गराइएको छ । अब कोरोना पोजेटिभ हुनेवित्तिकै बिमावापतको पूरा रकम पाइँदैन । पोजेटिभ आएमा २५ प्रतिशत र बाँकी रकम अस्पतालमा उपचार गरेको वा घरबाहिर होटलमा आइसोलेसनमा बसेको बिल भपाईँ पेश गर्नुपर्ने हुन्छ ।

देशमा कोरोना बिमा गर्दा कम्पनिहरुलाई नोक्शानी परेको छ । उनीहरुले करोडौं बिमावापत् रकम दिइसकेको र यो अर्बभन्दा माथि नाघ्ने देखिन्छ । घाटा पर्न थालेपछि बिमा कम्पनिहरुले कागजात अनावश्यक कलाउने देखि ढिलासुस्ती गर्न थालेका छन् । यसले बिमा गर्नेहरु रुष्ट भएका छन् । उनीहरुको बिमा कम्पनिप्रति हेर्ने दृष्टिकोण नकारात्मक हुनथालेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot