Logo

कोरोना बीमाको नाममा लुटतन्त्र : बिमितहरु मर्कामा



मंसिर ११, काठमाण्डौ । विश्वमा कोरोना संक्रमण फैलिदै गर्दा नेपालका बीमा कम्पनीहरु भने सर्वसाधारणसँग कोरोना बिमा गर्न तछाड–मछाड गरे । कोरोना संक्रमण भयो भने उपचार सहज होस् भन्दै मानिसहरुले कोरोना बीमा पनि धमाधम गरे । तर हजारौं नेपालीहरुले संक्रमण पश्चात निको भएको महिनौं पुग्दा पनि बीमा गरेबापतको रकम पाएका छैनन् ।

नेपालमा कोरोना संक्रमण तीब्र रुपमा फैलिदा बीमा कम्पनीहरु भने बिभिन्न बाहनामा संक्रमितलाई रकम नै नदिई झुक्याइरहेका छन् । कोरोना संक्रमितको उपचारका लागि बीमा कम्पनीले समेत रकम नदिदा नागरिकले थप सास्ती खेप्नुपरेको छ । बिमा कम्पनिहरुले विभिन्न बहनामा सास्ती दिइरहेको बिमितहरुको गुनासो छ ।

अर्थमन्त्री विष्णु पौडेलले रितपूर्वक प्राप्त दावी आवेदनलाई ७ दिनभित्रै भुक्तानी गर्न निर्देशन दिए । तर बिमा कम्पनीहरुले अर्थमन्त्रीको निर्देशन रद्दीको टोकरीमा हालेर पहुँचवालालाई भुक्तानी दिने र सामान्य नागरिकलाई सास्ती दिने काम गरिरहेका छन । अहिलेसम्म यसरी कोरोना निको भएर पाउनुपर्ने बीमा वापतको रकम नपाउनेहरुको संख्या १३ हजार भन्दा धेरै रहेको छ ।

बिमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले भने बिमा रकम समयामै भुक्तानि गरिरहेको दाबी गरेका छन् । चापागाईँका अनुसार अहिले एकदमै चाँडो भुक्तानी भइरहेको र रोकिएका र भुक्तानिदिन बाकीको रकम केही दिनभित्रै दिने दाबी गरे ।

बिमा समितिका अनुसार हालसम्म २६ हजार ५ सय ६२ वटा कोरोना बीमा दावी परेको छ । दावी परे पनि सबैले आवश्यक कागजातहरु भने पूरा नबुझाएको हुदा पनि भुतानिमा समस्या आएको उनको भनाई छ । हालसम्म ९ हजार ६ सय ४३ जनाले मात्रै आवश्यक कागजातहरु पेश गरेका छन् । यसमा पनि ४ हजार २ सय ४७ ले ३७ करोड ७७ लाख ७५ हजार रुपैयाँ भुक्तानी लिएका छन । यसमा १ हजार ३ सय ६ वटा थप भुक्तानीको प्रक्रियामा रहेको बताए निजी ल्याबमा गरिएको केही परीक्षणको रिपोर्ट पुष्टि गराउन एक हजार पाँच सय नौ वटा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामामा पठाइएको चापागाईले बताए ।

बिमा समितिले ५ सय रुपैयाँ तिरेर ५० हजार रुपैयाँ र एक हजार रुपैयाँ तिरेर एक लाख रुपैयाँको कोरोना बिमा गर्न सक्ने व्यवस्था गरेको थियो । सामूहिक बिमा गर्दा भने बिमा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको थियो । तर, कोरोना धेरैलाई लागेपछि बिमा कम्पनीहरु आत्तिएका छन । शुरुमा कोभिड पोजिटिभ आउनेबित्तिकै एक लाखको गरेको भए पुरै रकम पाउने भनिएकोमा पछिल्लो पटक मापदण्ड संशोधन गर्दै समितिले पोजिटिभ आएमा २५ प्रतिशत रकम तत्कालै र बाँकी ७५ प्रतिशतसम्म रकम अस्पताल वा होटल आइसोलेसनमा बसेको बिल भरपाई पेश गरिसकेपछि दिने व्यवस्था गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot