Logo

विष्फोटन गराउने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ



उदयपुर, १२ मंसिर । विष्फोटन गराउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । ताप्ली गाउँपालिका–५ रुपाटारबाट उक्त गाउँपालिकाको कार्यालयको नागरिक सहायता कक्षमा विष्फोटन गराउने कार्यमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा ताप्ली गाउँपालिका–१ ओख्ले बस्ने ३७ वर्षीय जिरा भन्ने ऋतु बिक र सोही गाउँपालिका–५ गहते बस्ने ६७ वर्षीय जटिल बा भन्ने गौर बहादुर देवकोटा रहेको प्रहरीले जनाएको छ ।

गत आइतबार उक्त कार्यालयमा बिष्फोट गराएको र प्रवेशद्धारमा १ थान विष्फोटक पदार्थ समेत फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot