Logo

२१ जुवाडे पक्राउ



काठमाडौं, १२ मंसिर । जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट २१ जना पक्राउ परेका छन् । उर्लाबारी नगरपालिका–९ को साबित्री श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँका बाबुराम कार्की लगायत ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३ लाख २५ हजार १ सय ५५ रुपैयाँ सहित पक्राउ गरेको जनाएको छ ।

यस्तै, हेटौंडा उपमहानगरपालिका–४ पारिजात पथ बस्ने दिल बहादुर मोक्तानको घरमा जुवा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय सुवास बर्तौला लगायत १४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले नगद ३ लाख ३२ हजार ८ सय ९२ रुपैयाँ, १२ बुक तास र ३१ वटा कौडा सहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot