Logo

सारा अलि खानको फिल्म ‘कुली न. १’ डिसलाइकको तयारीमा जुटे फ्यान



एजेन्सी, १२ मंसिर । बलिउड अभिनेत्री सारा अली खानको फिल्म ‘कुली नं १’ चाडै नै रिलिज हुदैँ छ । २८ नोभेम्बरमा फिल्मको ट्रेलर पनि रिलिज हुने भएको छ । स्वर्गिय अभिनेता सुशान्त सिंह राजपुतका फ्यानहरुले सारा अली खानलाई सिकार बनाइरहेका छन् । उनको फिल्म नहेर्ने तयारीमा जुट्ने कुरा गरिरहेका छन् । सामाजिक सञ्जालमा सारा अली खानको नाममा जोक्स र मिम्स पनि भाइरल भएको छ ।

एक सामाजिक सञ्जाल प्रयोगकर्ताले भनेका छन्, सारामाथि हालपनि लागुऔषधको मुद्दा चलिरहेको छ । उनको फिल्म कसरी चल्छ । अर्का फ्यानले साराले सुशान्त सिंहलाई धोका दिएको आरोप लगाएका छन् । फ्यानहरुको प्रतिक्रिया हेर्दा केही समय अगाडी आलिया भट्टको सडक २ मा भन्दा पनि धेरै फ्लप हुने देखिन्छ । यसैकारण धेरै प्रयोगकर्ताहरु ट्रेलरलाई डिसलाइक गर्ने तयारीमा छन् ।

भारतीय समाचार अनुसार वरुण धमन र सारा अली खानको फिल्म कली नं १ २०२० को क्रिसमसको अवसरमा २५ डिसेम्बरमा अमेजन प्राइम मार्फत भिडियो रिलिज हुदैँछ । उक्त फिल्मको ट्रेलर २८ नोभेम्बरमा आउँदै छ । यस फिल्मलाई सारा अली खानका फ्यानहरुले लामो समयदेखि पर्खिरहेका थिए । तर, हाल भने सुशान्तका फ्यानहरु डिसलाइक गर्नमा जुटेका छन् ।



प्रतिक्रिया दिनुहोस्