Logo

दिपशिखाको प्रश्न : हु ईज केपी ओली ? (भिडिओसहित)



काठमाडौं, १३ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता रामप्रसाद सापकोटा ‘दिपशिखा’ ले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली गुटबाट उदय भएको गम्भीर आरोप लगाएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीका एउटा सदस्यले पनि पार्टी बैठकमा प्रस्ताव राख्न पाउने र त्यसमाथि छलफल हुने सुनाए । प्रचण्डले ल्याएको राजनीतिक प्रतिवेदनलाई प्रधानमन्त्री ओलीले म मान्दिनँ र यो कागजको खोस्टो हो भनेर भन्नुभएको छ नि ? भनेर पत्रकार धमलाले राखेको प्रश्नमा उनले भने,‘उहाँले भनेर हुँदैन् । उहाँ को हो ? हु ईज केपी ओली ? उहाँ सही हो कि गलत हो भनेर एक्लै फैसला गर्ने उहाँ को हो ? उहाँलाई एक्लै अधिकार विधानले कहाँ दिएको छ ?’हेरौं कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्