काठमाडौं, १३ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वको लागि मतदान सुरु भएको छ । महासंघको ५४ औं वार्षिक साधारणसभाको बन्दसत्र सम्पन्न भएसँगै आउँदो वरिष्ठ उपाध्यक्षलगायत पदाधिकारी चयनका लागि चुनाव सुरु भएको हो ।
६३ पदका लागि १ सय २७ जनाको उम्मेदवारी परेको छ । बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुने निर्वाचनका लागि काठमाडौका तीन ठाउँमा मतदान केन्द्र तोकिएको छ । वरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकाल र किशोर प्रधानबीच प्रतिष्पर्धा भएको छ। तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम