Logo

राजावादीको दैनिकजसो शक्तिप्रदर्शन



काठमाडौं, १३ मंसिर । राजावादीहरु झन् सक्रिय भएका छन् । उनीहरुले दैनिकजसो शक्ति प्रदर्शन गर्न थालेका छन् । हिन्दु राष्ट्र र राजसंस्था फर्काउने नारासहित राष्ट्रिय झण्डा बोकेर सयौंको संख्यामा राजावादीहरु प्रदर्शनमा उत्रन थालेका हुन् ।

कोरोना महामारीबीच दलहरुप्रति वितृष्णा बढ्दै जाँदा राजावादीहरु सक्रिय हुनुलाई अर्थपूर्ण मानिएको छ । विगतमा भन्दा पछिल्लो समयमा भएका शक्तिप्रदर्शनको शैली फरक छ । उनीहरु कुनै ठुलै योजनासाथ प्रस्तुत भएको देखिन्छ ।

६ कात्तिकमा पूर्व राजा ज्ञानेन्द्र शाहले दलहरुको भूमिकामाथि गम्भीर प्रश्न उठाएर लिखित सन्देश दिएका थिए । त्यसलाई राजावादीलाई सक्रिय हुन गरिएको आव्हानकको रुपमा बुझिएको थियो । त्यसयता देशका मुख्य शहरहरुमा प्रदर्शन निरन्तर हुनथालेको छ ।

२५ कात्तिकमा काठमाडौं, २७ कात्तिमा विराटनगर, ४ मंसिरमा धनगढी, १० मा जनकपुर र पोखरामा राजावादीको प्रदर्शन भयो । आज नेपालगञ्जमा राजावादीहरुले शक्ति प्रदर्शन गरे । उनीहरुले हिन्दुराष्ट्र फर्काउने र राजसंस्था फर्काउन नारावाजी गरेका थिए ।

राजावादीहरुले १५ र २० मंसिरमा राजधानीमा प्रदर्शन गर्ने भएका छन् । राजधानीको शक्ति प्रदर्शनलाई चासोका साथ प्रतिक्षा गरिएको छ । यसलाई दलहरुप्रतिको जनताको असन्तुष्टिको रुपमा पनि हेरिएको छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्