Logo

चिनियाँ रक्षामन्त्रीको १२ घन्टे नेपाल भ्रमण शुरु



काठमाडौं, १४ मंसिर । चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे नेपाल भ्रमणमा आइपुगेका छन् । उनी १२ घन्टा नेपालमा रहँदा उच्च तहको भेटघाटमा व्यस्त हुनेछन् ।

वेइ त्रिभुवन विमानस्थलमा उत्रिएपछि सिधै बालुवाटारस्थित चिनियाँ दूतावास पुगेका छन् । उनी त्यहाँको कार्यक्रममा सहभागी भएपछि सैनिक मुख्यालयमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गर्नेछन् । सेनापतिसँग भेटेर चिनियाँ रक्षामन्त्रीले भेटको कार्यक्रम शुरु गर्नेछन् ।

रक्षामन्त्री वेइले राष्ट्रपति विद्यादेवी भण्डारी र रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग महत्वपूर्ण भेटघाट गर्नेछन् । नेपालमा चिनियाँ चासो बढ्दै जाँदा रक्षामन्त्री वेइको भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।

Photo By: Mukund Kalikote/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्