Logo

जुवाडे पक्राउ



काठमाडौं, १४ मंसिर । छुट्टाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–८ सिपाडोल मालीगाँउस्थित मालीगाँउ भिलेज होटलबाट तास खेलिरहेको अवस्थामा चाँगुनारायण नगरकोटका राजु तामाङ लगायत ८ जना पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख १३ हजार रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

यसैगरी, बागलुङ नगरपालिका–२ हाडेपाखा बस्ने चन्द्र प्रसाद गैरेको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँका यम बहादुर केसी लगायत ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १७ हजार रुपैयाँ र तीन बुक तास फेला पारी पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्