Logo

भरुवा बन्दुक सहित पक्राउ



सिन्धुली, १४ मंसिर । एकनाले भरुवा बन्दुक सहित एक पुरुषलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दुधौली नगरपालिका–१२ सिन्कौलीबाट २ थान एकनाले भरुवा बन्दुक सहित सोही ठाउँका दल बहादुर बुढाथोकी पक्राउ परेका हुन् ।

दलबहादुर र सोही ठाउँका राजन कार्की बन्दुक बोकी हिँडिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरीले फेला पारी दल बहादुरलाई पक्राउ गरेको जानकारी दिएको छ । हाल फरार राजनको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot