कञ्चनपुर, १४ मंसिर । नक्कली नोट सहित शनिबार राति प्रहरीले एकजनालाई पक्राउ गरेको छ । भिमदत्त नगरपालिका–१८ बस्ने २४ वर्षीय दिपक नाथ १ हजार दरको ३ वटा नक्कली जस्तो देखिने नोट सहित पक्राउ परेका हुन् ।
दिपकले भिमदत्त नगरपालिका–४ स्थित एक पसलबाट सामान किनी पैसा दिने क्रममा नक्कली नोट दिएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त नोट सहित फेला पारी पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।