काठमाडौं, १४ मंसिर । फिल्म निर्माण हुने क्रममा कलाकारहरु फेर बदल हुने कुनै नौलो कुरा होइन् । कलाकार र निर्माणपक्षको असमझदारीको कारण कलाकार हेरफेर हुनेगर्छन् । त्यस्तै भएको छ नयाँ बन्न लागेको फिल्म ‘रेड वाइन’ मा । नेपाल र अमेरिकामा सुर्टिङ हुने यस फिल्ममा कलाकार परिर्वतन भएका छन् । केही दिन अगाडी अहिलेका चर्चित नायक पल शाहलाई अनुबन्धित गरिएको भएपनि हाल भने शाह बाहिरीएका छन् । उनको ठाउँमा पुष्प खड्कालाई प्रवेश दिइएको छ ।
केही दिन अगाडीमात्र पुष्पसँग फिल्म निर्माणपक्षले सम्झौता गरेको जनाइएको छ । अमेरिकामा बस्ने रमेश एमके पौडेलले निर्देशन गर्ने यस फिल्ममा नेपाली अभिनेत्री साम्राज्ञी शाहसँग पुष्पले रोमान्स गर्नेछन् । एक स्रोतका अनुसार पल शाह नै फिल्म निर्माणपक्षसँग कुरा नमिलेपछि बाहिरीएका हुन् । फिल्ममा पल शाह भन्दा पहिला साम्राज्ञी अनुबन्धित भएकी थिइन् । फिल्ममा साम्राज्ञीको भुमिका सशक्त्त रहेकोले पनि पलले टाइटल परिर्वतन गर्न खोजेको सुत्रले जनाएको छ ।
रेड वाइनमा पुष्प र साम्राज्ञीले रोमान्स गर्नेछन् । यो उनीहरुबीच सहकार्य दोस्रो पटक हो । यो भन्दा अगाडी फिल्म ‘मारुनी’ मा एकसाथ काम गरेका थिए । उनीहरुको जोडीलाई त्यत्तिबेला पनि दर्शकहरुले खुब मन पराएका थिए । हास्य कलाकार सन्दिप क्षेत्रीको पनि अभिनय रहने यस फिल्मको छायांकन अमेरिकामा ८० प्रतिशत र २० प्रतिशत नेपालमा हुनेछ ।